१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाव्दारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको अवलोकन गर्दै राष्ट्रपति भण्डारी। तस्बिर : रत्न श्रेष्ठ/रासस
नयाँ पत्रिका सिन्धुलीगढी
२o८१ जेठ ७ सोमबार १३:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिन्धुलीमा बन्यो युद्ध संग्रहालय, राष्ट्रपतिद्वारा उद्घाटन    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सिन्धुलीगढी
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १३:५१:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छिन्। नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज यहाँ उद्घाटन गर्दै उनले संग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय भएको बताइन्। उनले यसलाई पर्यटकीय स्थलमा विकास गर्न सकिने र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक लाभ लिन सकिने प्रस्ट पारिन्। 
     
नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमुनाका रूपमा संग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रूपमा विकास गर्न सकिने बताइन्। एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवर्द्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो।     
     
सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्ण स्थलका रूपमा सिन्धुलीगढी रहेको बताए। उनले सिन्धुलीगढीमा युद्ध संग्रहालय स्थापना गौरवपूर्ण इतिहास जोगाउने महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्ने भनाइ राखे। सरकारले यस्ता संग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने बताए।  
     
सांसद गणेशकुमार पहाडीले ऐतिहासिक स्थल संरक्षणका लागि १०० पर्यटकीय गन्तव्यस्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीय स्थलका रूपमा अंग्रेजहरूको पनि गन्तव्यस्थल हुन सक्ने बताए। 
     
प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिकगढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताए। उनले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको उनको भनाइ थियो।
     
सो अवसरमा प्रधानसेनापति थापाले नगरप्रमुख खत्रीलाई संग्रहालय हस्तान्तरण गरेका थिए। वि.सं. १८२४ असोजमा अंग्रेजसँग भएको युद्धको सम्झनामा सो संग्रहालय निर्माण गरिएका हो। संग्रहालयमा त्यतिवेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्ताबेज संग्रह गरिएको छ। युद्धमा सहभागी भएका झन्डै दुई हजार चार सय  अंग्रेज फौजमध्ये करिब एक हजार ६ सयको मृत्यु भएको बताइन्छ। रासस     

   
 
 

ad
ad