१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार २०:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार २०:४३:००

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ।

यसअघि भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुखमा धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् । उनीहरूलाई केपी ओली नेतृत्वको सरकारको सिफारिसमा भण्डारीले नियुक्त गरेकी थिइन् ।