१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १९:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा कोभिड– १९ : डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १९:०२:००

नेपालमा कोभिड– १९ को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै परीक्षणका लागि भारतमा पठाइएका ४७ वटै नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको जानकारी दिएका हुन् । तीममध्ये तीनवटामा थप उत्परिवर्तन रूप देखिएको छ । 

यो बढी संक्रामक हुने र सबै उमेर समूहका व्यक्तिमा असर देखिने भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड ख्याल गर्न आग्रह गरेको छ । कोभिड– १९ को तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।