१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशका तीन सांसदलाई जसपाले गर्‍यो कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका तीनजना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ।  मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टी र प्रदेश सभाबाट हटाउने गरी कारबाही गरेको इस्तियाक राईले बताए। उनीहरू पार्टी नीतिविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए।

यसअघि पनि उनीहरूलाई निष्कासन गरिएको भए पनि सर्वोच्च अदालतले थमौती गरेको थियो। यस्तै, नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको उनले जानकारी दिए।