मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ८ शुक्रबार १५:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताले कम्युनिस्ट र गैरकम्युनिस्ट छुट्याउन नसक्ने स्थिति आयो : चित्रबहादुर केसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १५:१५:oo

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टीमा विचारको संकट देखिएको बताएका छन्। कम्युनिस्ट पार्टीभित्र विचार र सिद्धान्तको संकट देखिएकै कारण बेग्लै सांस्कृतिक आन्दोलनको आवश्यकता रहेको केसीको भनाइ छ।   

‘जनतालाई मीठा भाषण सुनाउन हामी माहिर छौँ, कम्युनिस्ट आन्दोलनमा राजनीति र सिद्धान्तको संकट हो। जनताले कम्युनिस्ट र गैरकम्युनिस्ट अब कसरी छुट्याउने ? त्यसैले कम्युनिस्ट आन्दोलनभित्रै सांस्कृतिक आन्दोलनको जरुरी छ,’ केसीले भने। उनले पाँच वर्षसम्म बाहिर बस्नुपरेकाले प्रतिपक्ष निराश बनेको अवस्थामा नेपाली जनताले दिएको झन्डै दुईतिहाइको विश्वासको मतअनुसार काम गर्न नसकेर कम्युनिस्ट पार्टी चुकेको भन्दै उनले राष्ट्रियता, जनजीविकालगायतका प्रश्नमा काम गर्न नसकेकाले जनताले कम्युनिस्ट पार्टी र गैरकम्युनिस्ट पार्टी छुट्याउन नसकेको बताए।

संसद् विघटन गरेर ०७२ सालको संविधान च्यातचुत हुँदा पनि राष्ट्रिय जनमाेर्चाले वामपन्थी मिलेर सरकार चलाउनुपर्ने वकालत गरेको भन्दै केसीले तर त्यो सम्भव नभएको बताए।