१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ६ बुधबार ०८:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्मचारीले पर्यटन काज बिदा घरपायक जिल्ला रोज्न नपाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ६ बुधबार ०८:५५:००

कर्मचारीले १० दिने पर्यटन काज बिदा घरपायक रोज्न नपाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमा घोषणा भएअनुसार १० दिने पर्यटन काज बिदा दिने तयारी गरिएको हो ।

त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन काज बिदासम्बन्धी कार्यविधि’लाई अन्तिम रूप दिने तयारी गरेको हो । 

कार्यविधिको प्रारम्भिक मस्यौदामा ‘कर्मचारीले स्थायी ठेगाना भएका तथा ससुराली जिल्लामा पर्यटन काज रोज्न नपाउने’ उल्लेख छ । मस्यौदामाथि सचिव यादवप्रसाद कोइरालासहितका अधिकारीसँग छलफल भइसकेको र चाँँडै टुंगो लगाइने पर्यटन महाशााखा प्रमुख लक्ष्मी बस्नेतले जानकारी दिइन् ।