१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ५ मंगलबार o८:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोभिड वार्ड बनाउन माछापुच्छ्रे बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार o८:२८:oo

माछापुच्छ्रे बैंक लिमिटेडले हालको कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गरिदिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । 

दुई वर्षदेखि विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड–१९ को महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गरिदिन लागेको जनाएको छ ।

बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । बैंकले देशभरमा १ स ६१ शाखा, १ सय ६५ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउन्टर तथा २ सय २ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।