१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १५:२३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सैन्य दमन रोक्न तालिवानलाई कूटनीतिक नियोगहरूको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२३:oo

अफगानस्तानस्थित कूटनीतिक नियोगहरूले सैन्य दमन रोक्न तालिवानसँग आग्रह गरेका छन्। युद्धविराम गर्न कतारको दोहामा भएको शान्तिवार्ता असफल भएपछि काबुलस्थित १५ कूटनीतिक नियोग र नेटोका प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै युद्धविराम गर्न आग्रह गरेका हुन्।

‘यो इद अल–अदामा तालिवानले सबैको हितका लागि हतियार बिसाएर विश्वलाई शान्ति प्रक्रियामा आफ्नो प्रतिबद्धता देखाउनुपर्छ,’ वक्तव्यलाई उदृत गर्दै अल जजिराले जनाएको छ। तालिवानको कदम र शान्तिसम्झौता कार्यान्वयन गर्ने उसको प्रतिबद्धताबीच विरोधाभाष देखिएको वक्तव्यमा उल्लेख गरिएको छ।

अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, युरोपेली संघलगायतका अन्य देशहरूले वक्तव्यमा समर्थन जनाएका छन्।

अफगानी नागरिकले शान्ति चाहेको भन्दै तालिवानले यसअघिका इदहरूमा अस्थायी युद्धविराम गर्दै आएको थियो। तर, अफगानिस्तानका विभिन्न क्षेत्रहरूमा तीव्र रूपमा कब्जा जमाइरहेको तालिवानले यसपटक युद्धविरामको घोषणा गरेको छैन।

तालिवानले विद्यालय र सञ्चारगृहहरू बन्द गर्ने प्रयास गरेर नागरिकको अधिकार उल्लंघन गरेको वक्तव्यमा उल्लेख गरिएको छ। 

अफगानिस्तानमा युद्धविराम गर्ने विषयमा अफगान सरकार र तालिवानबीच गत वर्षको सेप्टेम्बरदेखि वार्ता सुरु भए पनि उल्लेख्य प्रगति भने भएको छैन।