१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ४ सोमबार ०९:०६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमको समर अफर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ४ सोमबार ०९:०६:००

नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजसहितको अफरलाई परिमार्जन गरी समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेका अधिकांश प्याकेजलाई निरन्तरता दिँदै नयाँ अफर थप गरेको हो ।  नयाँ सुविधाअन्तर्गत प्रतिदिन ५५ रुपैयाँमा २ जिबी डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, लकडाउन अफरका रूपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म ३९ रुपैयाँमा उपलब्ध हुने १ एमबिपिएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिएको छ । लकडाउन अफरअन्तर्गतको ‘बोनस अन रिचार्ज’ अफरलाई भने हटाइएको जनाइएको छ । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको भिओएलटिई सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एकपटकका लागि उपलब्ध हुने १ सय मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत् राखिएको कम्पनीले जनाएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ २ सय र पोस्टपेडतर्फ ५ सय रुपैयाँको प्याकेजमा उपलब्ध हुने डेटा भोल्युम थप गरेर प्रिपेडमा २ सय रुपैयाँको प्याकेजअन्तर्गत ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, १ सय मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुने जनाइएको छ । 

त्यस्तै, ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने १ जिबी डेटासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । सियुजी ५ सय पोस्टपेडअन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, ५ सय मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा १ सयवटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जिबी डेटासमेत उपलब्ध हुने जनाइएको छ ।

 सिडिएमएबाट जिएसएममा रूपान्तरण हुनेलाई सुविधा
टेलिकमले हाल प्रयोगमा रहेका सिडिएमए सेवाका प्रयोगकर्तालाई जिएसएम नेटवर्कमा रूपान्तरण गर्ने योजनाअन्तर्गत सिडिएमए प्रिपेड र सिडिएमए पोस्टपेड प्रयोगकर्ताका लागि निःशुल्क सिमका साथै निःशुल्क भ्वाइस, निःशुल्क डेटा प्याकेज र निःशुल्क एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । सिडिएमए मोबाइल (पोस्टपेड र प्रिपेड)का लागि नयाँ जिएसएम (पोस्टपेड र प्रिपेड) नम्बर उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

सिडिएमए प्रिपेडबाट जिएसएम प्रिपेडमा रूपान्तरण भएका मोबाइल ग्राहकले ६ महिनासम्म निःशुल्क रूपमा मासिक ३ सय मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ४ जिबी डेटा चलाउन र ३ सयवटा अन नेट एसएमएस पठाउन सक्ने जनाइएको छ । त्यसैगरी, जिएसएम पोस्टपेड मोबाइलमा रूपान्तरण हुने ग्राहकले निःशुल्क रूपमा मासिक ४ सय मिनेट अन नेट र ५० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ६ जिबी डेटा चलाउन र २ सयवटा अन नेट एसएमएस गर्न सक्ने जनाइएको छ ।