१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

क्रियाशील सदस्य छानबिन समितिका नेता कुटिएपछि कांग्रेसको आकस्मिक बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:o७:oo

क्रियाशील सदस्य छानबिन समितिका सदस्य नै कुटिएपछि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको सहमहामन्त्री प्रकाशशरण महतको जानकारी दिए ।

बैठकमा केन्द्रीय महाधिवेशनको कार्यतालिका संशोधन नगरी तल्ला तहका अधिवेशनको कार्यतालिका संशोधन गर्ने सन्दर्भमा पनि छलफल हुने महतको भनाइ छ । यसअघि शुक्रबार पनि बैठक बसेको थियो । शनिबारको बैठकले शुक्रबार सहमहामन्त्री डा. महत र डा. मीनेन्द्र रिजाललाई दिइएको निर्वाचन निर्देशिकाको सन्दर्भमा पनि छलफल गरेर निर्णय लिने बताइएको छ । 

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको भौतिक आक्रमणको सन्दर्भमा पनि छलफल हुनेछ । घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।

नेपाली कांग्रेसले १६ देखि १९ भदौमा पार्टीको महाधिवेशन गर्दै छ । यसअघि कांग्रेसले पार्टीको महाधिवेशन कार्यतालिका पटक–पटक संशोधन गर्दै आएको छ । डेढ महिनाभित्र कांग्रेसले महाधिवेशन नगरे पार्टीको अस्तित्व संकटमा पर्नेछ ।

ad
ad