मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १७:०९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकको ७.९९ प्रतिशत ब्याजदरमा विशेष आवास कर्जा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १७:०९:००

ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याजदरमा विशेष आवास कर्जा (Home Loan) योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको हो ।

विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् एक करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैंकिङ तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ । 

बैंकले आवश्यक कागजातहरू पेस गरेको तीन कार्यदिनभित्र विनाझन्झट कर्जा प्रवाह गर्ने जनाएको छ । देशभर ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरूबाट यो सुविधा उपभोग गर्न सकिनेछ ।