१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार ११:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राहत र पुनरुत्थानमा जोड दिने अर्थमन्त्रीको उद्घोष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:४१:oo

पदभार ग्रहण गर्दै अर्थमन्त्रीले भने, ‘चाकडीको भाषा नबोल्नुस्, काम गर्नुस्’

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोभिडबाट प्रभावित जनतालाई राहत दिन तथा आर्थिक पुनरुत्थान गर्न जोड दिने उद्घोष गरेका छन् । बुधबार आफ्नो पदभार ग्रहण गर्दै उनले कोभिडबाट प्रभावित गरिब तथा श्रमिकलाई राहत दिने, उद्योग व्यवसायको संकटमा मलम लगाउने तथा कमजोर अर्थतन्त्रको पुनरुत्थानका लागि काम गर्ने बताएका हुन् । कोभिडबाट आक्रान्त बनेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने मार्गचित्र बनाएर अघि बढ्ने उनले बताए । अर्थमन्त्रीले आफूलाई अनुहार, जात तथा झन्डा नचाहिने, तर काम चाहिने बताए । ‘मसँग चाकडीको भाषा बोल्नुपर्दैन, साथीभाइ वा दाजुभाइजस्तै व्यवहार गर्दा हुन्छ । तर, म तपाईंहरूको क्षमता उपयोग गर्न चाहन्छु’ उनले भने, ‘हामी अनुहारको परिचय होइन, उद्देश्य र संकल्पमा परिचित हुने हो, सहयोग गर्नुहोस् ।’

नयाँ बजेटबारे छलफल गर्छौँ 
नवनियुक्त अर्थमन्त्री शर्माले नयाँ बजेटका विषयमा छलफल गर्नेसमेत बताए । अहिलेको बजेट अध्यादेशका विषयमा अदालतले समेत केही बोलिसकेको उल्लेख गर्दै नयाँ सरकारले आवश्यकता र भिजनअनुसार बजेट ल्याउने विषयमा छलफल गरिने उनले बताए । 

असारमा आएर खर्च गर्ने प्रवृत्तिमा सुधार ल्याउँछु
अर्थमन्त्रीले आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्तिमा सुधार ल्याउने बताए । ‘निर्धारित पुँजीगत बजेट खर्च हुनै नसक्ने कुरा छ, असारमा आएर खर्च गर्ने प्रवृत्ति छ’ उनले भने, ‘यो प्रवृत्तिमा सुधार ल्याउने एजेन्डा बनाउनेछु, यसमा सबैको सहयोग चाहिन्छ ।’ अर्थमन्त्री शर्माले स्रोत–साधनको सदुपयोग र शीघ्र व्यवस्थापन आजको आवश्यकता रहेकोसमेत बताए । 

जनतालाई धनी बनाउनुपर्छ 
अर्थमन्त्रीले राजनीतिज्ञ र प्रशासकलाई नभई जनतालाई धनी बनाउने गरी काम गर्नुर्ने बताए । ‘राजनीति र प्रशासन क्षेत्र व्यक्तिगत होइन संस्थागत हो, त्यसैले हामीले हामी होइन देशलाई धनी बनाउनुपर्छ’ उनले भने, ‘जनतालाई धनी बनाउन सकेमा अन्य क्षेत्र पनि धनी हुन्छ, अनि समृद्धि हासिल हुन्छ ।’ केही महिनामै गरिबी हटाउन नसकिने भए पनि अठोट र संकल्प लिएर एउटा अवधिमा गरिबी हटाउन सकिने उनले बताए । 

ad
ad