१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी
२o८१ जेठ १ मंगलबार १९:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद

कोपा अमेरिका : २८ वर्षपछि च्याम्पियनसिप ट्रफी भित्र्याउने अर्जेन्टिनाको तयारी र ब्राजिलको लक्ष्य उपाधि रक्षा 

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:१७:oo

अर्जेन्टिना र ब्राजिल विश्वकै शक्तिशाली फुटबल राष्ट्रमा गनिन्छन् । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा यी दुई टिमबीच खासै भिडन्त नभए पनि ४७औँ संस्करणको कोपा अमेरिकाको उपाधिका लागि आइतबार बिहान प्रतिस्पर्धा हुँदै छ । 

अर्जेन्टिनाले अन्तिमपटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि सन् १९९३ मा जितेको थियो । त्यसयता कोपा अमेरिकाको ट्रफी अर्जेन्टिनाले चुम्न नसके पनि यो २८ वर्षमा चारपटक उपविजेता भने बनेको छ । लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा अर्जेन्टिना चिलीसँग हारेको थियो । यसपटक अर्जेन्टिनासामु अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि फेरि जित्ने अवसर छ । तर, अर्जेन्टिनाका निमित्त यो सहज भने हुनेछैन । किनकि अर्जेन्टिनासामु ब्राजिल खडा भएको छ । 

अर्जेन्टिनी कप्तान लियोनल मेसीले राष्ट्रिय टोलीको लगभग तीन दशकको उपाधि (कोपाको) खडेरी तोड्ने धेरैले विश्वास गरेका छन् । साथै साबिक विजेताको नाताले ब्राजिलले पनि उपाधि रक्षाका लागि भरपुर प्रयास गर्ने नै छ । ब्राजिलले अहिलेसम्म कोपा अमेरिकाको उपाधि नौपटक हात पारेको छ । 

योपटकको फाइनलको मजा नै विश्व फुटबलका दुई हस्ती मैदानमा आमनेसामने हुनेछन् । अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमार जुनियरबीचको भिडन्त विश्व ठूलो उत्साहका साथ हेर्नेछ । यी दुई खेलाडी आफैँमा अति नै मिल्ने साथी पनि हुन् । बार्सिलोनाबाट नेमार र मेसीसँगै खेल्दा दर्जनौँ उपाधिका सहयात्री बनेका थिए । 

नेमार पेरिस सेन्ट जर्मन (पिएसजी)मा विश्व कीर्तिमानी रकममा अनुबन्ध हुँदा मेसी स्तब्ध नै भएका थिए । अहिले बार्सिलोनाका स्वतन्त्र खेलाडीका रूपमा रहेका मेसीले मैदानमा नेमारलाई एक प्रमुख विपक्षीका रूपमा लिएका छन् । चालू प्रतियोगितामा मेसी उत्कृष्ट फर्ममा छन् । उनले अहिलेसम्म चार गोल गरेका छन् ।

अर्जेन्टिना फाइनलमा पुग्नुको पछाडि मेसीकै उत्कृष्ट प्रदर्शनलाई मानिएको छ । १४ वर्षपछि ब्राजिलले अन्तिम दुई स्थान रक्षा गरेको हो । फाइनलको यात्रामा ब्राजिलले क्वार्टरफाइनल र सेमिफाइनलमा झिनो अन्तरले विपक्षी टोलीलाई हराएको थियो । ब्राजिलले क्वार्टरफाइनलमा चिली र सेमिफाइनलमा पेरुलाई १–० को अन्तरले पाखा लगाएको थियो । 

अर्जेन्टिनाले भने सेमिफाइनलमा टाइब्रेकरमा जित निकाल्यो । कोलम्बियालाई ३–२ ले टाइब्रेकरमा अर्जेन्टिनाले हराउँदै अन्तिम दु्ईमा स्थान पक्का गर्‍याे । क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरमाथि ३–० को सहज जित निकाल्यो । सन् २००७ पछि दक्षिण अमेरिकाकै चिरपरिचित प्रतिद्वन्द्वीको भिडन्त रोमान्चक हुने अर्जेन्टिनी प्रशिक्षक लिओनल स्कोलानीले बताएका छन् । ‘हामी फाइनलमा प्रमुख प्रतिद्वन्द्वी अर्जेन्टिनाविरुद्ध खेल्न गइरहेका छौँ, ब्राजिल र अर्जेन्टिना दक्षिण अमेरिकाकै शक्तिशाली फुटबल राष्ट्रमा पर्छन्, यसकारण यसपटकको फाइनल ऐतिहासिक हुने छ,’ उनले भने । 

मेसीका रेकर्ड 
मेसीको यो दशाैँ मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । व्यावसायिक फुटबल करिअरमा उनले बार्सिलोनाबाट १०, स्पेनिस ला लिगा तथा युरोपियन च्याम्पियन्स लिगमा चारपटक उपाधि जितेका छन् । फिफाले प्रदान गर्ने बालोन डिअर सर्वाधिक ६ पटक जितेका मेसीले सन् २००८ मा बेइजिङमा भएको ओलम्पिक प्रतियोगिताको स्वर्णपदक अर्जेन्टिनालाई दिलाएका थिए । 

उत्कृष्ट फर्ममा रहेका मेसीलाई कोपा फाइनलमा रोक्न कठिन हुने ब्राजिलियन डिफेन्डर माक्विन्होसले बताएका छन् । ‘हामी मेसीलाई रोक्न सवै प्रयास गछौँ,’ उनले भने, ‘मेसी फर्ममा छन् र यसपटक अघिल्लोपटक भन्दा उपाधि जित्न निकै आतुर पनि देखिन्छन् ।’ मेसीले आफ्नो करिअरमा चारपटक विश्वकप र ६ पटक कोपा अमेरिका फुटबलमा सहभागिता जनाएका छन् । मेसीले चारपटक विश्कपमा १९ खेलेका छन् । जसमा १२ जित र चार हार सामना गरेका छन् । मेसीले मैदानमा एक हजार ६ सय २४ मिनेट बिताएका छन् । उनले चार विश्वकपमा ६ गोल गरेका छन् ।

मेसीले सन् २००७ मा पहिलोपटक कोपा अमेरिकामा खेलेका थिए । उनले अहिलेसम्म कोपा अमेरिकामा ३३ खेलमा २० जित हात पारेका छन् । यसैगरी, तीन खेलमा हार व्यहोरेका मेसीले दुई हजार आठ सय १७ मिनेट मैदानमा बिताएका छन् । मेसीले कोपा अमेरिकामा अहिलेसम्म १३ गोल गरेका छन् । 
 

ad
ad