१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २३ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ असार २३ बुधबार १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कस्मेटिक राजनीति नगर्न राष्ट्रिय सभा सदस्य भट्टराईको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार २३ बुधबार १४:o५:oo

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राष्ट्रिय सभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका राष्ट्रिय सभा सदस्य भट्टराईले बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन् । 

उनले भने, ‘राष्ट्रिय सभामा कस्मेटिक राजनीति नगरौँ, मेरो यो अनुरोध छ ।’ वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारबाहीको बचाउ गरे । उनले  कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गरे । 

उनले भने, ‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यस्काे औचित्य के रहन्छ, प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ ।’

उनले  के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो भनी प्रश्न गरे । उनले सरकार बनाइदिनुपर्‍याे भनेर अदालतमा मुद्दा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गरे । उनले प्रधानमन्त्री केपी ओली राष्ट्रवादी भएको भन्दै पूर्वप्रधानमन्त्रीहरूलाई ओलीलाई राष्ट्रियताविरोधी भनी प्रमाणित गरेर देखाउन चुनौती दिए । 

उनले भने,  ‘म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुकुल लगाएर कम्मलभित्रबाट चोरऔँलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।’ उनले  ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गरे ।