
युनाइटेड सिमेन्ट्स प्रालिले उत्पादन गरेको ‘युनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरूमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो ।
५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेसँगै युनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको जनाएको छ । ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट रहेको कम्पनीको दाबी छ ।
विदेशका ठुल्ठूला संरचनाहरूमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको जनाइएको छ । पारिवारिक घर निर्माणसहित गगनचुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, विशाल पुलहरू, राष्ट्रिय गौरवका आयोजनाहरू, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
ललितपुरको लेलेमा रहेको आफ्नै खानीको चुनढुंगा प्रयोग गरी, आफँै क्लिंकर उत्पादन गर्दै आएको यस उद्योगले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।