१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २१:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:१o:oo

एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । खनाल–नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्क्रिय भएको कार्यदलको बैठक सोमबार सिंहदरबारमा बसेको छ । 

बैठकपछि नेताहरूले छलफल सकारात्मक भएको र सहमतिनजिक पुगेको बताएका छन् । एमाले उपाध्यक्ष भीम रावलले बैठक निरन्तर बस्ने सहमति भएको बताए । 

एमालेभित्रको आन्तरिक राजनीति बिग्रँदै जाँदा पार्टी विभाजन हुने आशंकाबीच बैठकमा सकारात्मक छलफल भएको सचिव गोकर्ण विष्टले जानकारी दिए । 

अघिल्लो महिना अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्तापछि कार्यदल गठन भएको थियो । 

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने खनाल–नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट छन् । 

ad
ad