१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टोनी क्रुजले सन्न्यास लिए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:o८:oo

जर्मनी राष्ट्रिय टोलीबाट एक सय ६ खेल खेलेका मिडफिल्डर टोनी क्रुजले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्, सन् २०१४ को विश्वकपको सेमिफाइनलमा जर्मनीले ब्राजिलमाथि ७–१ को इतिहास रच्दा उनले दुई गोल गरेका थिए

जर्मनी मिडफिल्ड टोनी क्रुजले शुक्रबार अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास लिएका छन् । चालू युरोकप २०२० अन्तर्गत प्रिक्वार्टरफाइनलमा इंग्ल्यान्डसँग २–० ले पराजित भएपछि क्रुजले शुक्रबार सबै खाले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा गरेको बताएका छन् । ३१ वर्षीय मिडफिल्डर क्रुजले जर्मनी जर्सीबाट एक सय ६ पटक अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका छन् । जर्मनी टोलीबाट उनको अन्तिम खेल इंग्ल्यान्डविरुद्ध नै रह्यो । 

सन् २०१० मा अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलमा उनले जर्मनी राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । सन् २०१४ को विश्वकप सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७–१ ले हराउँदै क्रुजले दुई गोल गरेका थिए । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको उपाधि जर्मनीले उचाल्दा क्रुज महत्त्वपूर्ण खेलाडीका रूपमा रहेका थिए । 

क्रुजले आफ्नो बाँकी फुटबल करिअर स्पेनिस क्लब रियल म्याड्रिड र परिवारमै केन्द्रित रहने जनाएका छन् । ‘मैले जर्मनी टोलीबाट एक सय ६ खेलमा सहभागिता जनाएँ, योभन्दा ठूलो उपलब्धि अरू के हुन सक्छ र ?’ सन्न्यास घोषणा गर्दै क्रुजले भने, ‘मैले टोलीमा रहँदा शतप्रतिशत दिने प्रयास गरेको थिएँ ।’ जर्मनी चौथोपटक युरोकप च्याम्पियन र राष्ट्रिय टोलीबाट एक सय नौ खेल पुर्‍याउने लक्ष्य पूरा नहुँदा दुःख लागेको उनको भनाइ छ । 

‘सम्भवत मैले एक सय नौ खेल पुर्‍याउन सक्थेँ, तर जर्मनी प्रिक्वार्टरफाइनलबाट बाहिरिएसँगै त्यो सपना पूरा भएन,’ दु:खी हुँदै क्रुजले भने, ‘विश्वकपपछि जर्मनी टोलीबाट युरोकप च्याम्पियन हुने मेरो सानैदेखिको सपना थियो, जुन अब कहिल्यै पूरा हुने छैन ।’ युरोकपबाट बाहिरिएपछि परिवार र जर्मनी टोलीका अधिकारीसँगको लामो छलफलपछि नै सन्न्यास लिने निधो गरेको उनले जनाएका छन् । 

‘युरोकपबाट घर फर्किएपछि सन्न्यासबारे धेरै सोचेँ, सबैसँग सल्लाह गरेँ,’ सन्न्यास लिनुअघिको मनोभावना उनले पोखेका छन्, ‘अन्ततः मैले सन्न्यास लिने निर्णय गरेँ, अब म अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलमा हुनेछैन ।’ उनले पुनः एकपटक सन्न्यास लिनुको कारण क्लब करिअर र परिवारलाई समय दिनुपर्ने नै जनाएका छन् । 

क्रुज भन्छन्, ‘मैले सन्न्यास लिनुपर्नाका दुई कारण मात्र छन्, पहिलो परिवारलाई धेरैभन्दा धेरै समय दिने हो, त्यसपछि आफू आबद्ध रियल म्याड्रिडमै करिअर समाप्त गर्ने र यसैमै केन्द्रित हुने हो ।’ जर्मनी राष्ट्रिय टोलीमा गर्विलो ११ वर्ष बिताएको उनले जनाए । ‘यो ११ वर्ष अविस्मरणीय रह्यो,’ उनले भने, ‘अब एक पिता र श्रीमान्को भूमिका निर्वाह गर्छु ।’ उनले जर्मनीजस्तो इतिहास बोकेको फुटबल टोलीको जर्सी लगाउन पाउनु नै महत्वपूर्ण रहेको बताएका छन् । जर्मनीको जर्सी लगाउने सपना कमैका मात्र पूरा हुने उनको भनाइ छ ।

‘जर्मनी जर्सी लगाएर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने र विश्व च्याम्पियन हुने कमै खेलाडीले प्राप्त गर्छन्, ती भाग्यमानी खेलाडीमध्ये म पनि एक हुँ,’ राष्ट्रिय टोलीमा बिताएको क्षणका बारे उनी भन्छन्, ‘यसमा म गर्व गर्न सक्छु कि म पनि जर्मनी राष्ट्रिय टोलीकै एक सदस्य हुँ ।’ राष्ट्रिय टोली र क्लबस्तरीय लेभलमा एक उचाइ प्राप्त गर्नुको पछाडि समर्थक, परिवार र क्रिटिक्सकै कारण भएको उनले बताएका छन् । 

‘सबैलाई धन्यवाद दिन चाहन्छु, मेरो यात्रा सफल बनाउनमा परिवार, साथीहरू, सधैँ आत्मविश्वास दिलाउने प्रशिक्षक तथा आलोचकका योगदान धेरै छन्,’ उनले भने । निवर्तमान प्रशिक्षक जोचिम लोउले जर्मनी टोलीमा स्थान दिएको क्षण भुल्न नसकिने उनले बताए । लोउकै कारण जर्मनी टोलीमा ११ वर्ष बिताउन पाएको उनले स्मरण गरेका छन् । 

‘प्रशिक्षक लोउले नै मलाई राष्ट्रिय टोलीमा स्थान दिलाउनुभयो, म विश्व च्याम्पियन खेलाडीसमेत बनेँ,’ प्रशिक्षकको गुण सम्झँदै क्रुजले भने, ‘हामीले धेरै सफलताका कथा लेखेका छौँ ।’ नवनियुक्त प्रशिक्षक ह्यान्सी फिलको सफलताको कामना उनले गरेका छन् । जर्मनी टोलीमा रहँदा क्रुजले सन् २०१० को विश्वकप, २०१२ र २०१६ को युरोकपमा सहभागिता जनाए । 

 

ad
ad