१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१० वर्षदेखि निर्माणाधीन कमला नदीको पुल भासियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३९:oo

सिराहा–धनुषा जोड्ने हुलाकी सडकखण्डअन्तर्गत निर्माणाधीन पुल भासिएको छ । नदीमा आएको अत्यधिक बहावसँगै १० वर्षदेखि निर्माणाधीन पुल बिहीबार  दिउँसो दुई फिट भासिएको हो । १२ वटा स्पान र १३ वटा पायामध्ये सिराहातर्फबाट दोस्रो पाया भासिएको हो । ०६८ मा पप्पु लुम्बिनी बिल्डर्स जेभीले निर्माण थालेको पुलको काम सक्न अझै बाँकी रहेको छ । 

सात वर्षसम्म पप्पु कन्स्ट्रक्सनले सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी सुम्पेको थियो । विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम गर्दै आएको थियो । पुल निर्माणको काम ९५ प्रतिशत मात्र पूरा भएको छ ।

चार सय ७० मिटर लम्बाइ रहेको पुल भासिएपछि साउन दोस्रो साता उद्घाटन गरी यातायात सञ्चालन गर्ने योजना तुहिएको छ । 

सतर्क रहन प्रशासनको आग्रह
यता जिल्ला प्रशासन कार्यालय सिराहाले कमला नदीको तटीय क्षेत्रका स्थानीयलाई कमला नदीमा पानीको बहाब उच्च रहेकोले सतर्क रहन आग्रह गरेको छ । नदीमा दुई मिटर बढी पानीको बहाव बढेको र तटबन्धलाई जोखिम पुर्‍याउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।

ad
ad