निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
गणेश लम्साल विराटनगर
२०७८ असार १५ मंगलबार १४:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रीले माफी नमागेको भन्दै प्रदेश १ सभामा विपक्षीको अवरोध कायमै : संसद्को बैठक पाँच दिन स्थगित  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार १५ मंगलबार १४:००:००

प्रदेश १ सभाको चालू बजेट अधिवेशन पाँच दिनसम्मका लागि स्थगित भएको छ ।  रोस्ट्रमबाटै सांसदलाई गाली गर्ने मन्त्रीले माफी माग्नुपर्छ भन्दै  विपक्षी दल माओवादी केन्द्रका सांसदले अवरोध जारी राखेपछि चालू बजेट अधिवेशन २० असारसम्मका लागि स्थगित भएको हो । 

सांसद मोहन खड्कालाई गाली गर्ने प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले आत्मालोचनासहित माफी नमागेको भन्दै विपक्षी दल माओवादी केन्द्रले मंगलबार दिउँसो सुरु भएको बैठकमा अवरोध पुर्‍याए । बैठक सुचारु गराउन आग्रह गर्दा पनि माओवादी केन्द्रका सांसदले नमानेपछि सभामुख प्रदीपकुमार भण्डारीले २० असारसम्म जारी बजेट अधिवेशन स्थगित गराए । 

चालू बजेट अधिवेशनको छलफलको उत्तर दिने क्रममा आइतबार प्रदेश १ सरकारका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले आफ्नै जिल्ला ओखलढुंगाका सांसद मोहनकुमार खड्कालाई रोस्ट्रमबाटै अमर्यादित शैलीमा गाली गरेकोले आत्मालोचनासहित माफी माग्नुपर्ने र उनले बोलेका कुराहरू रेकर्डबाट हटाउनुपर्ने माओवादी केन्द्रको माग छ । उनीहरूले १४ असारमा पनि अवरोध पुर्‍याएपछि संसद् बैठक स्थगित भएको थियो । 

प्रदेश १ सभामा आगामी वर्षका लागि १ असारमा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकबारे मन्त्रालयगत छलफल सुरु भएको छ । मंगलबार सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित विनियोजनबारे छलफल हुने कार्यसूची थियो । बजेट छलफलका क्रममा ओखलढुंगाका सांसद मोहनकुमार खड्काले योजना बाँडफाँडमा विभेद गरेको र मुख्यमन्त्री र भौतिकमन्त्रीले मात्र आफ्नो निर्वाचन क्षेत्रमा सुटुक्क करोडौँका योजना पारेको भन्दै विरोध गरेका थिए ।

आइतबार मन्त्रालयसँग सम्बन्धित विषयको  छलफलबारे  उत्तर दिने क्रममा भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सांसद खड्कालाई भिजन नभएको भन्दै सुध्रिएर आउन चेतावनी दिएका थिए । मन्त्रीले सांसदको नामै लिएर अमर्यादित शैलीमा गाली गरेपछि समाजवादी दलका सांसद जयराम यादवले नियमापत्ति गरेका थिए । त्यसपछि निरन्तर चारपटक रुलिङ गरेर मन्त्रीलाई आफ्नो भनाइ छोट्याउन लगाएका थिए ।