१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
राजुकाजी शाक्य, प्रशिक्षक एवं नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नकआउट चरण थप प्रतिस्पर्धात्मक हुनेछ  : राजुकाजी शाक्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५o:oo

युरोकप २०२० अन्तर्गत शनिबार रातिबाट प्रिक्वार्टरफाइनल चरणका खेल सुरु भएको छ । समूहगत चरणका खेल पनि रोचक भए । नकआउट चरणका खेलहरू अझ प्रतिस्पर्धात्मक हुने देखिएको छ । 

फुटबलरहरूका लागि युरोकप विश्वकपभन्दा पनि महत्वपूर्ण प्रतियोगिता हो । युरोकपका प्रायः देशहरू उस्तै स्तरका हुन्छन् । त्यसले गर्दा पनि यसका खेल उत्तिकै प्रतिस्पर्धात्मक हुने गर्दछन् । तपाईंहरूले पनि हेर्नुभयो, समूहगत चरणमा कुनै पनि टोलीलाई सहज देखिएन । 

नकआउट चरणमा अझ बलिया टोलीहरू पुगेका छन् । त्यसैले खेल अझ रोचक बन्नेछ । यद्यपि, गोलअन्तर भने सोचेजस्तो नहुन सक्छ । सबै टोलीलाई गोल निकाल्न मुस्किल नै हुनेछ । त्यो समस्या समूहगत चरणमा पनि देखिएको थियो । जस्तो, फ्रान्सको टोलीमा हेर्ने हो भने व्यक्तिगत रूपमा एकसेएक खेलाडी छन् । तर, प्रतिस्पर्धामा उनीहरूको पनि जितको गोलअन्तर धेरै छैन । नकआउट चरणमा पनि यही दृश्य दोहोरिन सक्नेछ । पराजय टार्नका लागि टोलीहरूले रक्षात्मक खेल्दै काउन्टर एट्याकको शैली अपनाउन पनि सक्छन् । पहिले आफू सुरक्षित रहेर मात्रै गोलका लागि प्रयास गर्न सक्छन् ।

पछिल्लो समय युरोपेली टोलीहरूमा धेरै परिवर्तन देखिएका छन् । धेरै देशले युवा खेलाडीहरूलाई प्राथमिकता दिएको देखिएको छ । बेल्जियमको टोली भने सन्तुलित देखिएको छ । जर्मनीको खेल राम्रो देखिएको छ, यद्यपि उसले आफ्नो क्षमताअनुसारको नतिजा हात पार्न सकेको छैन । 

स्पेनले समूहगत चरणको खेलमा पाँच गोल गर्न सक्यो । यद्यपि, समूहगत चरणको उसको सबै प्रतिस्पर्धालाई हेर्ने हो भने स्पेन पहिलेको जत्तिको छैन भन्ने स्पष्ट देखिएको छ । इटालीले सहज रूपमा समूहगत चरण पार गरेको छ । इटाली यसपटक पछिल्लो धेरै खेलदेखि अपराजित छ । तर, उसको पनि वास्तविक परीक्षा अब हुनेछ । कुनै पनि टोली कमजोर छैनन् । त्यसले गर्दा पनि युरोकपको प्रतिस्पर्धा छुटाउन मुस्किल छ ।

प्रशिक्षकको रूपमा केही सिक्ने उद्देश्यले पनि युरोकप हेर्ने गरेको छु । युरोकपबाट धेरै सिक्न सकिन्छ । प्रशिक्षकको रूपमा टोलीहरू कसरी तयार गरेको छ, टिमको रणनीति कस्तो छ भन्ने कुरा सिक्न सकिन्छ । खेलाडीहरूले पनि खेल हेरेर धेरै कुरा सिक्न सक्छन् । 

मैले त खेलाडीहरूलाई धेरै पहिलेदेखि नै यही सुझाब दिँदै आएको छु कि केही सिक्ने उद्देश्यले यस्ता प्रतियोगिता हेर्ने गर्नू । हाम्रो पालामा यस्तो सुविधा थिएन । पत्रपत्रिकामा समेत धेरै खेलाडीको बारेमा पढ्न पाइँदैनथ्यो । हामीले पत्रिकामा हेर्न पाउने भनेको भारतीय खेलाडीका बारेमा मात्रै हो । उनीहरूको नाम सुन्दा त हामीलाई डर लाग्थ्यो । 

अहिलेका खेलाडीसँग प्रत्यक्ष खेल हेरेर मात्रै हैन, युट्युबमा हेरेर समेत सिक्न मिल्ने अवसर छ । खेलाडीहरूले त्यसरी नै मिहिनेत गर्न आवश्यक छ । उदाहरणका लागि कसैलाई रोनाल्डो मात्रै मन पर्न सक्छ र उसको मात्रै खेल हेरेको हुन सक्छ । रोनाल्डोको खेल पछ्याउनु राम्रो हो, तर उस्तै पोजिसनबाट खेल्ने अन्य खेलाडीको खेल पनि हेर्न जरुरी छ । त्यसबाट अरू नयाँ खेल्ने शैली पनि सिक्न सकिन्छ । उनीहरूले रक्षकको खेल हेरेर पनि उनीहरूविरुद्ध खेल्ने कला सिक्न सक्छन् । प्रत्येक खेलाडीले आफ्नो पोजिसनबाट खेल्ने खेलाडीको खेल हेरेर सिक्न जरुरी छ । 

खेलाडीहरूले अब अतिरिक्त मिहिनेत गर्न जरुरी पनि छ । केही वर्षअघि रंगशालावरिपरि फोहोर टिप्ने एंगेलो काँटेको कथा सबैले सुनेकै छ । अवसर सबैका लागि छ । मिहिनेतचाहिँ गर्न सक्नुपर्दछ । त्यसले व्यक्तिगत रूपमा खेलाडी र देशलाई नै फाइदा पुग्नेछ ।

ad
ad