मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज २ बिहीबार o९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडाध्यक्ष र स्थानीयको सहयोगमा दुई दिनमै तयार भयो प्रहरी चौकी,  मनोबल बढाएर काममा फर्किए प्रहरी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार o९:o५:oo

आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेर ध्वस्त पारिएको ललितपुरको गोदावरी बसपार्कको प्रहरी चौकी वडाध्यक्ष र स्थानीयको सहयोगमा  पुनर्निर्माण भएको छ। भत्किएको, जलेको र तोडफोडबाट पुर्ण क्षति भएको प्रहरी चौकी सबै मिलेर ठड्याइएको गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे (राज) ले जानकारी दिए ।

उनका अनुसार छिटो भन्दा छिटो चौकी पुरानै अवस्थामा पुर्याएर उच्च मनोबलका साथ प्रहरीलाई चौकीमा भित्र्याइएको हो । ‘प्रहरी हाम्रो साथि हो, प्रहरीबिना कोहि सुरक्षित रहन सक्दैन, वडा कार्यालय र स्थानीयवासी मिलेर प्रहरी चौकि दुइ दिनमै तयार गर्यौ,’ वडाध्यक्ष घिमिरेले भने, ‘मेरो लक्ष्य उद्देश्य अनुरुप सम्पुर्णको उपस्थितीमा बुधबार स-सम्मान अनि सुबिधा सम्पन्नका साथ प्रहरीहरुलाई प्रहरी चौकीमा भब्य रुपमा भित्र्याउन पाउदा खुसि लागेको छ, पर्यटकीय क्षेत्र गोदावरीको सुरक्षा सबेदनशीलतालाई ध्यान राखेर चौकी छिटो भन्दा छिटो तयार गरेका हौं, अहिले प्रहरीको मनोबल उच्च बनाउन टोल समाजले सहयोग गर्नुको विकल्प छैन, टोल समाज मिलेपछि एउटा प्रहरी चौकी तयार गर्न कठिन नहुने रहेछ ।’