मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज २ बिहीबार o९:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार o९:o३:oo

जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । प्रहरीको गोलीबाट ३९ जनाको मृत्यु भएको छ भने अन्यको जलेर, भागदौडमा, कारागारमा कुटाकुट हुँदा, लडेर र प्रदर्शनकारीको कुटपिट तथा खुकुरी प्रहारबाट मृत्यु भएको हाे ।

बुधबार मात्रै कोटेश्वरस्थित भाटभटेनीमा जलेको अवस्थामा थप एक शव फेला परेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनमा दुई हजार तीन सय घाइते भएकोमा २१० जना उपचाररत छन् । नौ घाइते आइसियूमा छन् ।