Skip This
फोनबाटै २ लाखसम्मको कर्जा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

फोनबाटै २ लाखसम्मको कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:५९:oo

मेगा बैंकले फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । बैंकले एफ वन सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यस्तो कर्जा सुविधा ल्याएको हो । यस सुविधामार्फत मेगा बैंकमा मासिक तलब खाता भएका विभिन्न संघ–संस्था तथा कम्पनीका कर्मचारीहरूले ३० दिनसम्मका लागि २ लाख रुपैयाँसम्म कर्जा उपयोग गर्न सक्नेछन् । 

विनाझन्झट, विनाधितो, बैंकमा उपस्थित नभई, विनाकुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा इ–बैंकिङ प्रमुख विश्व सिंहले बताए ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’मार्फत खातामा कर्जा रकम जम्मा गरिदिने बैंकले जनाएको छ । कर्जा लिन इच्छुक ग्राहकहरूले बैंकको शाखा भ्रमण गर्नुनपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनुपर्नेछैन । कर्जाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत पूरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ । 

ad
ad