१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रवासी नेपालीद्वारा मुगु अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३८:oo

गैरआवासीय नेपाली संघ अफ्रिकाले विकट हिमाली जिल्ला मुगुलाई अक्सिजनसहितको सिलिन्डर सहयोग गरेको छ । एनआरएनए अफ्रिकाले सहयोग गरेका १० थान अक्सिजनसहितका सिलिन्डर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गरिएको छ ।

एनआरएनए अफ्रिकाले सहयोग गरेका भरी सिलिन्डर पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जिल्ला अस्पताल मुगुका एमडी डाक्टर कविर पौडेललाई मंगलबार हस्तान्तरण गरेका हुन् ।

सुविधासम्पन्न ठाउँहरूमा विकल्प हुने भए पनि दुर्गम जिल्लाहरूमा कोही–कसैलाई अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनेर एनआरएन अफ्रिकाले नेपालमा तत्काल अक्सिजन सहयोग अभियानअन्तर्गत मुगु जिल्ला अस्पताललाई सहयोग गरेको अध्यक्ष मल्लले बताए ।

भैरहवाबाट पठाइएका उक्त सिलिन्डरहरू मुगुसम्म पु¥याउने संयोजन पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, अछाम पत्रकार महासंघका संस्थापक अध्यक्ष वेदप्रसाद तिमिल्सेना र एनआरएन अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले गरेका थिए । 

अभियानअन्तर्गत बोत्स्वाना अध्यक्ष पदम भण्डारी, कंगो अध्यक्ष अमृत क्षेत्री, मोजाम्बिक अध्यक्ष शारदा पौडेल राय, एनआरएनए समन्वय समितिहरू र सदस्यहरूले अक्सिजन सिलिन्डर खरिदका लागि सहयोग गरेका हुन् ।

जिल्लामा कोरोना संक्रमितहरूको संख्या बढ्दै जान थालेपछि सक्रिय बिरामीहरूलाई जिल्लामा अक्सिजन अभाव नहोस् भनेर सहयोगका लागि एनआरएनए अन्तर्राष्ट्रिय समितिका पूर्वकोषाध्यक्ष तथा विश्वको एघारौँ धनी नाइजेरियाको डांगोटे ग्रुपका खाद्य सेक्टरका महाप्रबन्धक हिक्मत थापासँग पत्रकार नृपेन्द्रबहादुर मल्ल र धरानका कृष्णप्रसाद कोइरालाले सम्पर्क गरेपछि थापाले हिमाली जिल्ला मुगुमा अक्सिजनसहितका सिलिन्डर पठाउन सहयोग जुटाएका थिए ।

भैरहवाबाट नेपालगन्जसम्म अछाम पत्रकार महासंघका संस्थापक अध्यक्ष वेदप्रसाद तिमिल्सेना र नेपालगन्जबाट मुगुसम्म छायानाथ बचत तथा ऋण सहकारी संस्था मुगुले ढुवानीमा सहयोग गरेका थिए ।

राज्यले दूरदराजका जनतालाई सेवा दिन नसकिरहेको अवस्थामा निजी क्षेत्रबाट प्रवासमा रहेका नेपाली दाजुभाइहरूले गरिब, निमुखा जनताको जीवन बचाउन गरेको सहयोग साँच्चै भगवान् नै साक्षात उपस्थित भएजस्तै भएको र आगामी दिनमा पनि गरिब, निमुखा, दुर्गमका जनताका आइपर्ने विभिन्न समस्यामा मल्हम लगाउन सहयोग गरिदिन पनि डाक्टर कविर पौडेलले आग्रह गरे ।

ad
ad