Skip This
इन्द्रावती नदी–किनारमा फेला परे सात शव, ६ जनाकाे सनाखत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २६ बुधबार १४:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इन्द्रावती नदी–किनारमा फेला परे सात शव, ६ जनाकाे सनाखत

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:१७:oo

हेलम्बु क्षेत्रमा गएको बाढीपहिरोले बगाएर बेपत्ता सातको शव इन्द्रावती नदीको किनारमा फेला परेका छन् । सात शवमध्ये ६ को सनाखत भएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाँच पुरुष र दुई महिला छन् । 

मृत्यु हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नम्बर ३ का ६५ वर्षीय टीकामाया खड्का, वडा नम्बर ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का ३५ वर्षीय चेङा तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकानिवासी कर्मचारी २३ वर्षीय समुन्द्र नेपाल छन् । एक महिलाको पहिचान खुलेको छैन । 

मेलम्ची खोलाको मुहान क्षेत्रबाट आएको पहिरो मिश्रित बाढीले हेलम्बु र मेलम्चीमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार मेलम्चीमा मात्रै पाँच सय मानिस विस्थापित भएका छन् ।

हेलम्बु क्षेत्रको क्षतिको विवरण अझै प्राप्त भएको छैन । उद्धारमा गएका सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलालसहित हेलम्बु र मेलम्चीका जनप्रतिनिधिले आपत्कालीन बैठक बसेर उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेका छन् । मेलम्ची क्षेत्रमा बाढी र पहिरोले गरेको मानवीय र भौतिक क्षतिको स्पष्ट विवरण आउन बाँकी छ । 

ad
ad