१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कालिगण्डकी काेरिडोर सडक खण्डको मालढुंगामा रहेको काठेखाला पुलमा ठूलो क्षति 

बाग्लुङको दक्षिण क्षेत्रमा यातायात सम्पर्क टुट्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:२९:oo

कालिगण्डकी करिडोर बाग्लङ खण्डको मालढुंगामा रहेको पक्की पुल बाढीले जोखिममा पारेको छ । अविरल वर्षासँगै आएको बाढीले काठेखोलामा रहेको पक्की पुलको मालढुंगातर्फको सडकको भाग पूर्ण रूपमा क्षति बनाएको छ । पुलभन्दा केही माथि रहेको ठुलो चट्टान खसेर खोला थुनिएपछि बाढीले पुलमा क्षति पुर्‍याएको बाग्लुङ नगरपालिका–१ का वडासदस्य सूर्य लामिछानेले बताए । 

यस क्षेत्रमा अहिले पनि निरन्तर बाढी आएको र ठूलो क्षति बनाएको हुँदा तत्काल समस्या समाधानको उपाय पनि नदेखिएको लामिछाने बताउँछन् । पुल भत्किँदा जिल्लाको दक्षिण क्षेत्र बलेवा, जैमिनी र बरेङ गाउँपालिका यातायात सम्पर्क टुटेको छ भने पैदल यात्राका लागि पनि समस्या भएको छ । 

पक्की पुलमाथिको झोलुंगे पुल पनि पूर्ण रूपमा जीर्ण अवस्थामा हुँदा भकुन्डे, गलुवा र बलेवा क्षेत्रका स्थानीयलाई आवतजावतमा समेत समस्या परेको छ । कालिगण्डकी काेरिडोरअन्तर्गत बाग्लुङ नगरपालिका–१० भकुन्डे गुलवामा पहिरोले सडक रोकिएको छ भने जैमिनी क्षेत्रमा पनि दर्जनौँ स्थानमा सडक अवरुद्ध भएको स्थानीय बताउँछन् । 
 

ad
ad