१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २९ शनिबार
  • Monday, 30 June, 2025
२o७८ जेठ २९ शनिबार १४:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सांसद वैद्यले फिर्ता लिए आफ्नो अभिव्यक्ति (पूर्णपाठसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ २९ शनिबार १४:१३:oo

बागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रदेश सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिँदै संसद्को रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका छन् । शनिबारको प्रदेश सभा बैठकको सुरुमै सांसद वैद्यले सभामुखसँग समय लिएर आफूले असाध्यै आवेगमा आएर कुरा पोख्ने क्रममा आवश्यकताभन्दा बढी नै स्वतन्त्रताको उपभोग गर्न पुगेको भन्दै आत्मालोचनासमेत गरेका छन् । 

बागमती प्रदेशमा आर्थिक वर्ष ०७८/७९ सालको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । सांसद वैद्यले शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली सबै कुरा बिगार्न उद्यत् रहेकाले नेपालमा पनि कोही न कोही नाथुराम गोड्से बन्नुपर्ने, कोही नभए आफैँ बन्ने पो हो कि ? भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो भने कांग्रेसले आत्मआलोचना गर्न निर्देशन दिएको थियो । 

शनिबारको बैठकमा बोल्दै सांसद वैद्यले प्रधानमन्त्रीप्रति आफूबाट प्रयोग भएका शब्दहरू कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गरेको र पार्टीको संसदीय दलले पनि फिर्ता लिन निर्देशन गरेको भन्दै आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिने बताएका हुन् । उनले आफूले हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि लोकतान्त्रिक अभ्यासका लागि अन्य राजनीतिक दलहरूलाई समेत प्रेरित गर्ने र संयोजनकारी भूमिका खेल्ने पार्टीको सिपाही भएको हिसाबले पनि सो अभिव्यक्ति गलत भएको महसुस गरेको स्पष्ट गरेका छन् । 

उनले प्रदेश सभामा पढेको आत्मलोचनाको पूर्ण पाठ :
माननीय सभामुखज्यू, 

बागमती प्रदेशको आर्थिक वर्ष ०७८/७९ सालको नीति तथा कार्यक्रमको छलफलको क्रममा हिजो मिति ०७८ जेठ २८ गते मैले संसद्को रोष्ट्रममा उभिएर आफ्नो प्रतिक्रिया दिनेक्रममा माननीय प्रधानमन्त्रीज्यूप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरू आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेको र मैले आफैँले पनि आफूले बोलेको कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको जरुरी हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अरू राजनीतिक दलहरूलाई समेत लोकतान्त्रिक अभ्यासका लागि प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन माननीय सभामुखसमक्ष हार्दिक अनुरोध गर्दछु ।
जय नेपाल ।