१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २७ बिहीबार १४:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाकाहरूमा थप कडाइ गरेर उपत्यकाभित्रको जनजीवन सुचारु गर्नुपर्छ : मेयर शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २७ बिहीबार १४:२५:००

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरूमा थप कडाइ गरेर उपत्यकाभित्रको जनजीवन सुचारु गर्नुपर्ने बताएका छन् ।

निषेधाज्ञालाई एकैपटक नभई चरणबद्ध गर्दै खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताए । 

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लागू भएको ४३ दिन पुगेको छ ।

निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । यसै निषेधाज्ञाको कारणले कोरोना संक्रमणको दरमा कमी आएको छ । निषेधाज्ञाका कारण घरभित्र रहेका जनताहरूमा उकुसमुकुस हुन थालेको छ ।