१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका वीरेन्द्रनगर
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाै वर्ष तीन महिना कैद फैसला भएका फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १४:११:oo

सुर्खेत उच्च अदालतले नाै वर्ष तीन महिना कैद २५ हजार जरिमाना तिराउने फैसला भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबर्जस्ती करणी र चोरी मुद्दा लागेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ का कवि कालुङलाई पक्राउ गरेको हो ।

सुर्खेत उच्च अदालतको २०७७ साल फागुन ३ गतेको फैसला आदेशपश्चात् फरार रहेका कालुङलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले जेठ २६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेको कालुङलाई कोरोना परीक्षण अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।