
चितवनका किसानलाई यतिवेला चैतेधान थन्क्याउने चटारो छ । यतिवेला किसानहरू चर्काे घामको प्रवाह नगरी धान भित्र्याउन जुटेका छन् ।
जिल्लामा पानीको सुविधा भएको करिब तीन हजार हेक्टरमा चैतेधान हुँदै आएको छ । तर, उत्पादित धानले बजार मूल्य नपाएको किसानको गुनासो छ ।