Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २६ बुधबार १४:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि दह्रो गरी आवाज उठाउँछु : पाण्डे (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २६ बुधबार १४:४८:००

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताएका छन् । बुधबार राष्ट्रिय सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशको संघीयता, समावेशी र समानुपातिका आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसका निम्ति संसद्मार्फत बुलन्द आवाज उठाउने बताए ।

उनले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी गरे । उनले भने, ‘मेरो प्राथमिकता भनेको अहिलेको अवस्थामा लोकतन्त्र वा संविधान नै ओझेलमा देखिएको छ । लोकतन्त्र र संविधानमाथि नै विभिन्न किसिमका तत्वहरू टिकाटिप्पणी, वक्तव्यवाजी गरिरहेका छन् । त्यसले गर्दा अहिले यो देशको जुन संघीयता हो, समानुपातिक, समावेशी हो । यो वास्तवमा जुन ठाउँमा जहाँसम्म पुग्नुपर्ने हो त्यो अहिले पुग्न सकेको छैन र अहिले पाउने अधिकार संघीयताका आधारमा स्थानीय तह, प्रदेशसम्म पूरा अधिकार नि पुगेको छैन । यी विषयवस्तुहरूलाई समेटेर संसद्मा हामी सबै मान्यज्यूहरूको छलफलद्वारा हामीले यसलाई बुलन्द रूपले आवाज माथि उठाउनेछौँ ।’

नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समेत समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथग्रहण गरेका छन् ।