१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको प्रस्तावको अस्पष्टता हटाएर खनाल–नेपाल समूहले पनि ६बुँदे एकताको अपिल सार्वजनिक गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

एमालेको असन्तुष्ट पक्षले प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको ६बुँदे एकता प्रस्तावको अस्पष्टता हटाएर बेग्लै अपिल सार्वजनिक गर्ने भएको छ । स्थायी समिति सदस्यहरूको भर्चुअल बैठकले त्यस्तो निर्णय गरेको नेता गोकर्ण विष्टले जानकारी दिए । 

‘हाम्रोतर्फबाट प्रधानमन्त्रीका तर्फबाट आएका एकताको आह्वानसम्बन्धी बुँदामा जे अस्पष्ट छन्, त्यसमा हाम्रो अडान राखेर स्पष्ट बनाएर एकताको अपिल सार्वजनिक गर्ने निर्णय भएको छ,’ विष्टले भने, ‘हामीले एकता नचाहेको होइन, तर एकताको नाममा जुन वक्तव्य आएको छ, त्यसले मात्रै लामो समयदेखि राख्दै आएको हाम्रो अडानलाई सम्बोधन गर्न सकेको छैन भन्ने सन्दर्भमा हाम्रोतर्फबाट पनि एकताको अपिल सार्वजनिक हुँदै छ ।’ 

अपिल डेढ पेजसम्मको ६ वटा बुँदामै केन्द्रित हुने बताइएको छ । खनाल–नेपाल समूहका सबै स्थायी कमिटी सदस्यको तर्फबाट अपिल जारी हुनेछ ।

ओलीले आइतबार एकताको आह्वान गरेका थिए ।