१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना कहर : नेपालमा थप ७५ संक्रमितको मृत्यु, ५९०४ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५७:oo

नेपालमा थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या सात हजार ६ सय ३० पुगेको बताए । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार आठ सय २५ जना संक्रमित थपिएका छन् । यो अवधिमा पाँच हजार नौ सय चारजना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या एक लाख एक हजार आठ सय ३९ रहेको छ । उनीहरू संस्थागत र होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै आठ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।
 

ad
ad