१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १९ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ १९ बुधबार o६:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकको एपमा रेमिट्यान्स सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ १९ बुधबार o६:४६:oo

सानिमा बैंक लिमिटेडले मोबाइल बैंकिङ एप सानिमा सजिलो इ–बैंकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरेको हो । 

सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्ने कम्पनीले जनाएको छ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने बैंकले जनाएको छ ।

यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने जनाइएको छ । यसका साथै मोबाइल बैंकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।   

ग्राहकले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरूमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्ने जनाइएको छ । बैंकले सातै प्रदेशमा ८६ शाखा, १७ विस्तारित काउन्टर र ९६ एटिएममार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।