Skip This
बजेट अधिवेशन बोलाउन एमालेको माग
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ जेठ १७ सोमबार
  • Tuesday, 11 August, 2026
रमेश रावल वीरेन्द्रनगर
२o७८ जेठ १७ सोमबार १३:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेट अधिवेशन बोलाउन एमालेको माग

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ जेठ १७ सोमबार १३:१२:oo

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारलाई बजेट अधिवेशन बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आर्थिक वर्ष ०७८/७९ का लागि बजेट अधिवेशन बोलाउन माग गरेको हो । 

असार १ गतेभित्र  प्रदेश सरकारले बजेट ल्याउनुपर्ने भएका कारणले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारले कुनै चासो नदेखाएका कारणले तत्काल बजेट अधिवेशन बोलाउन संसदीय दलको बैठकले निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गुलावजंगले शाहले बताए । ‘बजेट आउनुअगाडिका केही प्रक्रियाहरू हुन्छन्,’ उनले भने, ‘बजेटका विषयमा संसदमा अगाडि केही विषयमा छलफल गर्नुपर्ने हुन्छ । त्यसले बजेटको विषयमा छलफल गर्नका लागि अधिवेशनको माग गरेका हौँ ।’

बजेट आउनुभन्दा अगाडि प्रि–बजेटका विषयमा संसदीय दलमा छलफल गर्नुपर्ने व्यवस्था भएको त्यस विषयमा पनि कर्णाली प्रदेश सरकारले कुनै चासो नराखेको शाहले बताए । कर्णाली प्रदेश सरकारले  तत्काल संसद् अधिवेशन बोलाउन नचाहेका कारणले संसद् अधिवेशन बोलाउन ध्यानाकर्षण गरिएको शाहले बताए ।