मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ १६ आइतबार ०६:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्रीको जिल्लामा कार्यक्रमै–कार्यक्रम

Read Time : > 1 मिनेट
२०७८ जेठ १६ आइतबार ०६:१०:००

बजेटमा कालीगण्डकी–तिनाउ डाइभर्सन योजना, लुम्बिनी–तिलौराकोट–देवदह–रामग्राम क्षेत्र समेटेर बृहत्तर लुम्बिनी विकास योजना तयार गरिने, डेढ अर्ब बजेट विनियोजन, बेलहियामा दुई हजार ट्रक अट्ने पार्किङ यार्ड, देशमै सबैभन्दा ठूलो कृषिउपज बजार

निकै महत्वाकांक्षी योजनाका रूपमा लिइएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाले आगामी आर्थिक वर्षको बजेटमा प्रवेश पाएको छ । बजेटमा कालीगण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उल्लेख छ । 

आयोजना कार्यान्वयनको ढाँचा निर्धारण र स्रोत व्यवस्थापनको काम सम्पन्न गरी निर्माण कार्य आरम्भ गरिने बजेटमा उल्लेख छ । कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको डिपिआर आउँदो वर्ष पूरा गरी काम सुरु गरिने बजेटमा उल्लेख छ । कालीगण्डकीको पानी सुरुङमार्गबाट तिनाउ नदीमा ल्याई रुपन्देही नवलपरासी र कपिलवस्तुमा सिँचाइ गर्ने लक्ष्य छ । 

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण र अन्य भौतिक पूर्वाधार निर्माण गर्न तीन अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा लुम्बिनी गुरुयोजना दुई वर्षमा सक्ने उल्लेख छ । यस्तै, लुम्बिनी–तिलौराकोट–देवदह–रामग्राम क्षेत्र समेटी बृहत्तर लुम्बिनी विकास योजनाका लागि एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

भैरहवामा निर्माण हुन नसकेको एकीकृत भन्सारचौकी निर्माणको काम यथाशीघ्र सुरु गरिने भएको छ । ट्रक पार्किङ क्षेत्र नहुँदा भारतीय क्षेत्रको सडकमा हप्तौँ गाडी पार्किङ गर्नुपर्दा व्यवसायीले बढी भाडा तिर्नुपरेको गुनासो गर्दै आएका छन् । त्यसलाई सम्बोधन गर्न बेलहियामा दुई हजार गाडी पार्किङ गर्न मिल्ने ट्रक पार्किङ यार्ड निर्माण गर्ने बजेटमा उल्लेख छ ।

भैरहवामा बन्दै गरेको क्रिकेट रंगशाला निर्माण गर्न बजेट विनियोजन भएको छ । भैरहवा सहरको विकास, विस्तार, ढल निकास र पूर्वाधार निर्माण गर्न बजेट विनियोजन भएको छ । बुटवल–भैरहवालाई मेघासिटीका रूपमा विकास गर्ने बजेटमा उल्लेख छ । यस्तै, बुटवलमा विद्युत् तार भूमिगत गर्ने बजेटमा उल्लेख छ । 

बन्द उद्योगहरूमध्ये रुपन्देहीको बुटवलमा रहेको धागो कारखाना सञ्चालन गर्न निजी क्षेत्रसँग साझेदारी गर्न आह्वान गर्ने बजेटमा छ । बुटवल–भैरहवा लुम्बिनीस्तरीय ठूला विद्युतीय बस सञ्चालन गर्नेलाई सहुलियत दिने, बुटवल मेडिकल कलेज सञ्चालन गर्न प्रस्ताव अगाडि बढाउने पनि बजेटमा उल्लेख छ । रुपन्देही मोतीपुर औद्योगिक क्षेत्र दुई वर्षभित्रमा सञ्चालन गर्ने, कृिषउपज संकलन, प्रशोधन तथा ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गर्न रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषिउपज थोकबजार निर्माण गरिने बजेटमा छ ।