१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष दुई लाख रोजगारी सिर्जना गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:५१:oo

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष दुई लाख रोजगरी सिर्जना गरिने भएको छ । कार्यक्रमका लागि १२ अर्ब विनियोजन गरिएको छ । वैदेशिक रोजगारीबाट फर्केकालाई सीपमुलक तालिम दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए । 

यसबाट एक लाख रोजगारी सिर्जना हुनेछ । निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिइनेछ । तालिमका लागि अनुदान दिइनेछ । यसबाट थप २५ हजार रोजगारी सिर्जना हुने अर्थमन्त्रीले बताए । 

यस्तै पाँच प्रतिशत ब्याजदरमा प्रदान गर्दै आएको पुनर्कर्जाको सुविधाको निरन्तरता दिइएको छ । यस्तो कर्जा रकमको प्रयोग गर्न सकिने सीमा र क्षेत्र वृद्धि गरिने भएको छ । विभिन्न शीर्षकमा दिइएको सहुलियतपूर्ण कर्जाको निरन्तरता दिइने । यसका लागि १३ अर्ब रुपैयाँ विनियोजन  गरिएको छ ।

युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले परियोजनाको धितोमा एक प्रतिशत ब्याजमा २५ लाखसम्म बिउ पुँजी कर्जा प्रदान गर्ने अर्थमन्त्रीले बताएका छन् ।

स्नातक वा सोभन्दा माथिको योग्यता भएकाले शैक्षिक प्रमाणपत्रको धितोमा अधिकतम पाँच प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन् ।

ad
ad