१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पत्रकारलाई पिसिआर परीक्षणमा ५० प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४९:oo

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा वसुन्धारास्थित केडिसी पिसिआर ल्याबले पत्रकारलाई ५० प्रतिशत छुटमा पिसिआर परीक्षण गरिदिने भएको छ । पत्रकारले महामारीको समयमा आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर नागरिकलाई सुसूचित गराउने हुँदा सामाजिक दाहित्वअनुसार छुटको व्यवस्था गरिएकोे ल्याब प्रशासन प्रमुख अनिल सापकोटाले बताए । 

कान्तिपुर डेन्टल कलेज परिसरमा रहेको उक्त ल्याब व्यवस्थापन र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाबीच सम्झौता भएको छ । दिनको करिब सात सयजनाको पिसिआर रिपोर्ट दिन सक्ने उक्त ल्याबले करिब ६ देखि ८ घन्टामा पिसिआर रिपोर्ट दिन सक्ने जनाएको छ ।

ल्याब बिहान ६ बजेदेखि रातिको १२ बजेसम्म खुल्नेछ भने दुई हजार पाँच सय लिएर बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म संक्रमित वा संक्रमणको आशंका भएका नागरिकको घरमै गएर दक्ष स्वास्थ्य जनशक्तिले सुरक्षित रूपमा स्वाब संकलन गर्ने पनि सापकोटाले बताए । 

पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्यहरू, ललितपुर शाखा सदस्यहरू, भक्तपुर शाखा सदस्यहरू, सम्पूर्ण प्रतिष्ठान शाखाका सदस्यहरू र एसोसिएट शाखा सदस्यले आफ्नो परिचयपत्र देखाएर छुट सुविधा लिन सक्नेछन् ।
 

ad
ad