१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ १४ शुक्रबार १९:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा बाढीका कारण ४० घर विस्थापित, ६ घर जोखिममा

Read Time : < 1 मिनेट
२०७८ जेठ १४ शुक्रबार १९:५७:००

निरन्तरको वर्षासँगै आएको बाढीका कारण हिमाली जिल्ला मनाङको सदरमुकामको चामे गाउँपालिका ४ नयाँबस्तीमा ४० घर विस्थापित भएका छन् । ६ वटा घर जोखिममा परेका छन् ।

बिहीबार दिउँसोदेखि आएको निरन्तरको वर्षाका कारण  स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा परेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

 शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले चारवटा कुखुराको टहरा बगाएको छ । सडक क्षतविक्षत बनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले केही पक्की घरहरूका आँगनसमेत बगाएको बताए ।

उनले भने, ‘बाढीले चामेको नयाँबजारमा रहेको एभरेष्ट होटेल, साग्रिला होटेल बढी जोखिममा छन् ।’ एभरेष्ट होटेलको शौचालय बगाएको र मुख्य भवनको जग धरापमा पारेको लामिछानेले बताए ।

 

बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ । मनाङको चामे बजारमा बाढी पसेकाले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण सारेका थिए ।

चामेको घट्टेखोला र ठाडोलाइनका खोलाहरूमा ठूलो बाढी आइरहेकाले चामे गाउँपालिकाले सूचना जारी गरेर स्थानीयलाई सुरक्षित स्थानमा बस्न अनुरोधसमेत गरेको छ ।