Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ११ मंगलबार १४:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आएको छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ११ मंगलबार १४:१७:००

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको बताएका छन् ।

मंगलबार प्रेस वक्तव्य जारी गर्दै नेता नेपालले केपी ओलीले नेपाली जनता, निष्ठावान नेता–कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिस्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेकाे भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको बताए ।  

नेता नेपालले ओली सरकारको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न नेपाली जनतालाई अपिल गरेका छन् । युगले सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबद्ध गर्ने अभिभारा आफूहरूलाई सुम्पिएको भन्दै नेता नेपालले केपी ओलीको गद्दारीको प्रतिरोधमा उत्रिन आग्रह गरे ।

मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षाअनुरूप काम नहुँदा निराशा बढेको उनले बताए । राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगत रूपमा ठट्टाको विषय बनाएको भन्दै नेपालले ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको  र  हजारौँको ज्यान जाने अवस्था बनेको टिप्पणी गरे । सिंगो जनताप्रति योभन्दा ठूलो अपराध अरू हुन नसक्ने उनको भनाइ छ । 

 केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेको उनको आरोप छ । कम्युनिस्ट सरकार रहेका वेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने, तर सर्वहारा वर्ग र आमनेपाली जनता  अपहेलित हुने अवस्था आउनु दुःखद पक्ष भएको नेपालले बताए ।