मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ९ आइतबार १९:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संकटका वेला अखिल (क्रान्तिकारी)द्वारा रक्तदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ९ आइतबार १९:३०:००

कोरोना कहरमा जारी निषेधाज्ञाका कारण रगत संकलनमा समस्या भइरहेको वेला माओवादी (केन्द्र)निकट अखिल (क्रान्तिकारी)ले आइतबार रक्तदान गरेको छ । 

अखिल (क्रान्तिकारी) केन्द्रीय स्वयंसेवक विभागले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम राखेको प्रवक्ता जिपी मैनालीले जानकारी दिए । बढ्दो महामारीबीच आवश्यक रगतको आपूर्तिमा कमी हुन नपाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको उनले बताए । 

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित  तामाङ, पूर्वअध्यक्ष रमेश मल्ल, उपाध्यक्ष इन्द्र भुसाल, कोषाध्यक्ष केशव रावललगायत २६ नेता तथा कार्यकर्ताले रक्तदान गरेको विभागका संयोजक सञ्जय काल्धनले बताए । 

कोभिड महामारीबीच अखिल क्रान्तिकारीले दुर्लभ शाहीको संयोजकत्वमा ६१  चिकित्सक र स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क सातवटै प्रदेशमा सञ्चालनमा ल्याएको छ ।