१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ जेठ ५ बुधबार १३:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ जेठ ५ बुधबार १३:५४:००

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभर घाइते भएका थिए ।

घाइते राजभरको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्‍याइएको थियो ।

उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए । उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका– ५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए ।