१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ ५ शनिबार १४:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वडाध्यक्ष डाक्टर लिएर जनताकाे घरदैलोमा

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:११:oo

गाउँभरि नै भाइरल ज्वरो, रुघाखोकीका बिमारी अत्यधिक भएपछि जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर जनताको घरदैलोमै पुगेका छन् । कोरोना संक्रमणको दोस्रो लहरसँगै फैलिएको भाइरल फिवरले गाउँ नै आक्रान्त बनेपछि स्वास्थ्य परामर्श  र चेकजाँचका लागि नागरिकको घरदैलोमा पुगेको लालबन्दी नगरपालिका वडा नम्बर– ५ का वडाध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरूको टोलीसहित जनताको घरदैलोमा पुगेर आफूहरूले स्वास्थ्य परीक्षण गर्ने, उपलब्ध औषधि निःशुल्क वितरण गर्ने र उनीहरूलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न सचेत गराउने गरिएको उनको भनाइ छ । 

उक्त वडामा पछिल्लो केही दिनयता मात्र चार–पाँचजनाको ज्यान गएको उनले बताए । ‘कोरोना परीक्षण नगरिएका उनीहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण गाउँमा कोरोना फैलिको आशंकामा स्थानीय त्रसित भएका थिए,’ वडाध्यक्ष भण्डारीले भने, ‘आत्तिने, डराउने गरेका उनीहरूलाई स्वास्थ्य परामर्शको माध्यमबाट नआत्तिन, तर सचेत हुन आग्रह गर्न उनीहरूको घर गएका हौँ ।’ वडाध्यक्ष भण्डारीका अनुसार अबको तीन दिन जनताको घरदैलोमा स्वास्थ्यकर्मीको टोली पुग्नेछ । 

वडा कार्यालयको आयोनामा सुरु भएको अभियानअन्तर्गत स्वास्थ्यकर्मीको टोली मंगलबार पहिलो दिन एक सय ५० जनाको घर पुगेको थियो । त्यसमध्ये २६ जना उच्च ज्वरोका कारण टाइफाइट भएर औषधि सेवन गरिरहेका बिमारी फेला परेका छन् । 

ad
ad