मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेट अधिवेशनको सबै तयारी पूरा, प्रि–बजेट छलफलको समय घर्कियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

संघीय संसद् सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको बताएको छ । संविधानअनुसार संघीय संसदमा १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर, अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन । यद्यपि संघीय संसद् सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ ।
सचिवालयले समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ । संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेलले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भए पनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको बताए । 

उनले भने, ‘प्रि–बजेटलाई त सम्भव देखिएन । १५ दिन अगाडि भन्ने छ । त्यो हामीले समय गुजारिसकेका छौँ । अब नीति तथा कार्यक्रम र बजेटका कुरा छन् । त्यसका लागि एक–दुई दिनभित्रै यदि बैठक आह्वान भइहाल्यो भने बैठकलाई छोटो तरिकाले सञ्चालन गरेर सीमित संख्यामा माननीय सदस्यलाई समय उपलब्ध गराएर, दलीय प्रतिनिधित्वको हिसाबले सहमति गरेर सञ्चालन गर्ने हो भने त्यति ठूलो समस्या छैन ।’

प्रवक्ता पाण्डेका अनुसार कोभिड– १९ को महामारी तीव्र ढंगले बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ । तर, भर्चुअल बैठकका लागि कानुनी संरचनाले बाधा पु¥याउने उनले बताए । 

संविधान र संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभा कार्यसञ्चालन नियमावलीले भौतिक रूपमा उपस्थित भएर बैठक सञ्चालन गर्ने कुरालाई मात्रै आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानुनी मान्यता दिने अवस्था नरहेको उनले बताए । तर, त्यस किसिमको अवस्था आएमा प्राविधिक रूपमा सचिवालय दुरुस्त रहेको उनले बताए ।