१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ३ सोमबार
  • Friday, 04 July, 2025
सतिश पोखरेल काठमाडाैं
२o७८ जेठ ३ सोमबार ११:४६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मुटु जलिरहेछ... ( फोटोफिचर)

Read Time : < 1 मिनेट
सतिश पोखरेल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ ३ सोमबार ११:४६:oo

डरलाग्दो गरी बढिरहेको कोरोना संक्रमण र मृत्युको खबरले आममानिसलाई तरंगित बनाइदिएको छ । आज सन्चो भएको मान्छे भोलि के होला भन्ने त्रासमा अहिले विश्व जनजीवन प्रताडित छ ।

नेपालमा पनि त्यसको असर भयावह रूपमा परिरहेको छ । दिनप्रतिदिन मानिसहरू लास बनिरहेका छन् । आर्यघाटमा रुमलिएको धुँवाको मुस्लोले जिउँदाको आँखा पोलिरहेको छ र झरिरहेको छ नुनिलाे आँसु । मानिसहरू भयमा बाँचिरहेका छन् । पशुपति आर्यघाटको यो दृश्य हेर्दा भक्तराज आचार्यको गीतको सम्झना हुन्छ-  मुटु जलिरहेछ, यो मन गलिरहेछ...