Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २९ बुधबार १७:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनीका मतदाता नामावली स्वीकृत, मतदान केन्द्र निर्धारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २९ बुधबार १७:२३:००

आगामी १७ जेठमा हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरी मतदान केन्द्रसमेत निर्धारण गरेको छ । आयोगले बुधबार प्रदेश सभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता नामावली स्वीकृत गरेको हो । 

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ जना मतदाता रहेकोमा हाल विभिन्न कारणले प्रदेश सभा सदस्य ८ र स्थानीय तहका सदस्य १ गरी जम्मा ९ स्थान रिक्त छ । 

निर्वाचनका लागि दाङको घोराही उपमहानगरपालिका १५ स्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ । मतदानस्थलमा प्रदेश सभा सदस्यका लागि केन्द्र 
(क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको लागि केन्द्र (ख) गरी २  (दुई) वटा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । 

आयोगले बुधबार नै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको विषम परिस्थितिमा स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिहरू सञ्चालन गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । कार्यक्रममा आयोगका आयुक्तहरू, सचिवलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।