मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पछिल्ला तीन दिनमा हवाईमार्ग हुँदै बिदेसिने र विदेशबाट आउने यात्रुहरूको संख्या ह्वात्तै बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:o८:oo

पछिल्लो तीन दिनमा हवाईमार्ग हुँदै बिदेसिने र विदेशबाट आउने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ ।  कोभिड– १९  संक्रमणको दोस्राे लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरूको चाप बढेको हो । 

पछिल्ला दुई दिनमा यात्रुहरूको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर तेस्राे मुलुक उडान गर्न नपाउने वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि यात्रुहरूको आवागमनमा कमी आए पनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाए पनि नेपालस्थित विदेशी दूतावासहरूले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिड भ्याक्सिन लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरूले पनि कम्तीमा १० होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरूको चाप बढेको बताइएको छ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपाली स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णयसँगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरू आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको बताए ।