मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया कसरी चल्छ ? (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार १७:४८:००

प्रधानमन्त्री केपी ओलीले आगामी २७ वैशाखमा बोलाइएको प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे सुरु हुने बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसपछि सभामुखले विश्वासको मत लिने प्रयोजनका लागि समय निर्धारण गर्ने र अर्को बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन मन्तव्यसहित प्रस्ताव गर्नेछन् । सभामुखले पहिलो बैठक बसेकै दिन वा अर्को दिन दोस्रो बैठक तोक्ने संघीय संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बताए । 

विश्वासको मत लिने प्रस्तावमाथि दलीय आधारमा सांसदहरूले धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले प्रतिउत्तर दिनेछन् । त्यसपछि निर्णयार्थ मतविभाजनको प्रस्ताव अघि बढ्छ । हुन्छ भन्ने र हुँदैन भन्ने सांसद फरक–फरक लाइनमा लागेर हस्ताक्षरसहित मत दिनेछन् । मत दिन्न भन्ने विकल्प पनि सांसदलाई रहनेछ । परिणाम आइसकेपछि घोषणा हुनेछ । 

अहिले तत्काल कायम रहेको दुई सय ७१ सिटमध्ये एक सय ३६ अर्थात् बहुमत संख्या पुग्यो भने विश्वासको मत कायम भएको मानिन्छ । त्यो भएन भने असफल भएको मानिन्छ ।