मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ बैशाख २२ बुधबार
  • Wednesday, 02 September, 2026
२o७८ बैशाख २२ बुधबार १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश प्रमुख पौडेलले सम्हालिन् पदभार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २२ बुधबार १६:३७:oo

नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार सम्हालेकी छिन् । सोमबार प्रदेश प्रमुखमा नियुक्त उनले सोमबारै शपथ खाएकी थिइन् । पोखरा सहिदचोकस्थित कार्यालयमा पुगी उनले बुधबार पदभार ग्रहण गरेकी हुन् । 

पदभारका लागि कार्यालय पुगेकी पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, प्रदेशका निमित्त प्रमुख सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिवका साथै अन्य कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले स्वागत गरेका थिए । 

पदभार ग्रहणपछि पौडेलले आफू प्रदेशको अभिभावकको रूपमा रही ऐन, नियम र कानुनको परिधिलाई मध्यनजर गर्दै हरेक परिस्थितिमा सहजीकरण गरी अभिभावकीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाइन् । 

प्रदेशकी उनी तेस्रो प्रमुख हुन् । यसअघि अमिक शेरचन र बाबुराम कुँवर  प्रदेश प्रमुख थिए ।