मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार ०६:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई सानिमा बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार ०६:४३:००

सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपालका दुई विद्यार्थीलार्ई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाली विद्यार्थीबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपालीस्याट–२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ तालिम तथा ज्ञान लिँदै आएको टोलीलाई बैंकले सहयोग उपलब्ध गराएको हो । 

टोलीलाई अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई तालिम दिँदै आएको जनाइएको छ ।

उक्त टोलीलाई नेपालको पहिलो नेपालीस्याट–१ को निर्माण–प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले नेतृत्व गर्दै आएको बैंकले जनाएको छ । कक्षा १० देखि १२ सम्मका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सन् २०२३ सम्ममा ‘नेपालीस्याट–२ विद्यालय’ नामक स्याटलाइट निर्माणका लागि टिम निर्माण गर्ने जनाइएको छ ।

यसअन्तर्गत बैंकले नेपालीस्याट–२ मा संलग्न दुईजनालाई अन्तरिक्ष निर्माण–प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोगस्वरूप छात्रवृत्ति प्रदान गरेको जनाइएको छ ।